arrow

खाटामुनीबाट निस्किएर चितुवाले गर्‍यो बालकलाई आक्रमण

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
leopard-01.jpg.jpeg

स्याङ्जा । स्याङ्जा जिल्लामा चितुवा घरमै छिरेर आक्रमण गरेको छ । जिल्लाको भिरकोट नगरपालिका वडा नं ९ का ११ बर्षिय युनिष गुरुङलाई मंगलबार बिहान करिब ७ बजे चितुवाले आक्रमण गरेको हो ।

आफै सुत्ने कोठाको खाटामुनीबाट निस्कीएर आक्रमण गरेको युनिषकी आमा जौमाया गुरुङले बताईन् । बिहान पिसाब फेर्न उठेका युनिष कोठाभित्र छिर्दा चितुवाले आक्रमण गरेर भागेको जौमायाले बताईन् ।

घाईते अवस्थामा रहेका युनिषलाई स्थानीयहरुको सहयोगमा पोखरा मणिपाल अस्पतालमा ल्याईएको र अहिले अवस्था खतरामुक्त भएको थाहाहुन आएको छ । चितुवाकै आक्रमणबाट तनहुँ र कास्कीमा गरी १० जनाले ज्यान गुमाएका छन् ।

यसअघि तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि तनहुँवासीमा त्रास छाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ