arrow

बामदेव सांसद बन्दै, अर्थमन्त्री फेरि सांसद नहुने

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
bamdev1.jpg

काठमाडौं। नेकपाका नेता बामदेव गौतम राष्टर्य सभा सदस्य बन्ने बाटो खुलेको छ। नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।

पार्टी सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए।

उनलाई राष्ट्रिय सभामा रिक्त हुँदै गरेको एक पदमा लैजान लागिएको हो। राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका युवराज खतिवडाको पद केही दिनपछि रिक्त हुँदैछ।

युवराज खतिवडा रहने वा नरहने भन्ने चर्चामा खतिवडा पुन: सांसद नहुने भएका छन्। संविधान संशोधन गरेर भए पनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने छलफल गरेको नेकपाले त्यस बिषयमा कुनै ठोस निर्णय गर्न सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ