arrow

प्रधानमन्त्री बन्न नपाए राष्ट्रियसभामा जान नमानेका गौतम बन्दै सदस्य

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
bamdev_g.JPG

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने  निर्णय गरेको छ । उनलाई राष्ट्रिय सभामा रिक्त हुँदै गरेको एक पदमा लैजान लागिएको हो। राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका युवराज खतिवडाको पद केही दिनपछि रिक्त हुँदैछ।

आम निर्वाचनमा बर्दिया-१ बाट वामदेव गौतमले हारेका थिए र उनलाई हराउन पार्टीकै  केन्द्रीय कार्यालयमा बसेर  सूर्य थापाले षडयन्त्र गरेको नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले बताइसकेका छन् ।  

 राष्ट्रिय सभा सदस्यबाट प्रधानमन्त्रीको कुर्सीसम्म गौतम पुग्ने आकलन गरिएको छ । वामदेवले तत्कालीन एमाले र माओवादी केन्द्रको एकता गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीका अभिभावक बनाएर आफूले सरकार चलाउने सोचको डिजाइन बनाएका थिए ।

गत पुस १८ गते नै नेकपा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा जानका लागि तयार भएसंगै चुनाव जितेर सांसद पनि भएका छन् ।  श्रेष्ठसंगै वामदेवलाई लैजान खोजिए पनि उनी मानेनन् । यसअघि गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरेका थिए तर उनले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने बताएका थिए। अब भने उनी राजी भएका छन् ।  राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउने भनेर व्यापक विरोध हुदै आएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ