arrow

यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान 

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार उपत्यका लगायत मध्य पहाडी र पश्चिमी भूभागमा आंशिक बदली रहेको छ । 

उनले घाम लाग्दै गएर मौसम सफा रहने बताइन् । 

बिहीबार पानी पर्ने सम्भावना नभएको नगरकोटीले बताइन् । बिहीबार र शुक्रबार बर्षा हुने सम्भावना नरहेको भन्दै नगरकोटीले शनिबारदेखि फेरि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने बताइन् । 

उनले न्युनतम तापक्रममा पछिल्लो वर्षाले कुनै फरक नपरेको उनले बताइन् । 

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको मध्य तथा पश्चिमी भूभागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी शुक्रबार र शनिबारको मौसम पूर्वानुमान

फागुन १६ गते (शुक्रबार)
दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

रातीः देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन १७ गते (शनिबार)
दिउँसोः देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ।

बाँकी भूभागमा आंशिक बदली रहने छ। पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।

पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ