arrow

जापानी राजदुतद्वारा धनकुटा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७६ फागुन १५ बिहिबार
plant.JPG
तस्बिर : फाइल

धनकुटा । धनकुटा अस्पतालमा जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको अक्सिजन प्लान्ट जापानी राजदुत साईगो मासामिचीले धनकुटा जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छन् ।

सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापाको पहल तथा विशेष अनुरोधमा जापान सरकारको अनुदान सहयोगमा धनकुटा अस्पतालमा निर्माण सम्पन्न भएको अक्सिजन प्लाष्टको हस्तान्तरण जापानी राजदुत साईगो मासामिचीद्धारा जिल्ला अस्पताल धनकुटालाई गरेका हुन्।

 पूर्व पहाडी जिल्लाहरुका जनताहरुलाई सुविधा दिनका लागी धनकुटा अपस्तालमा उक्त अक्सिजन प्लान्ट निर्माण गर्न जापानी राजदुतलाई आग्रह गरिए अनुसार जापान सरकारको करिव करोड भन्दा वढीको लागतमा निर्माण सम्पन्न भएकोसूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले वताए ।

उक्त अक्सिजन प्लान्टबाट धनकुटा अस्पताल लगायत पूर्वी पहाडी जिल्लाहरुका अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउन सकिने धनकुटा जिल्ला अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ