काठमाडौं । शुक्रबार बिहान पश्चिम पहाडी क्षेत्रका केही स्थानमा बादल लागेको छ । त्यो पनि दिन ढल्किँदै गर्दा हट्दै जानेछ । बाँकी देशका सबै भूभागमा मौसम सफा रहेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार बिहान न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम २२ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । अपरान्ह पश्चात् देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
राति पनि पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तो छ शनिबार र आइतबारको पूर्वानुमान
फागुन १७ गते (शनिबार)
दिउँसोः देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली रहने छ। पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
राति देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
फागुन १८ गते (आईतबार)
दिउँसोः देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। अपरान्हपछि पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।