arrow

निवर्तमान संचारमन्त्री बाँस्कोटाले दर्ता गरे मुद्दा

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
banskota5.jpg

काठमाडौं ।  सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो बाहिर आएपछि विजय प्रकाश मिश्र शर्माबिरुद्ध निवर्तमान संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुद्दा दर्ता गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा लागत बढाएर त्यसको ७० प्रतिशत कमिशनमा मोलमोलाइ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाले  काठमाडौं जिल्ला अदालतमा शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् ।

बाँस्कोटाले  झुटा लाञ्छना र गाली बेइजतीको विरूद्धमा न्याय माग गदै मुद्दा दर्ता गरेको बताएका छन् ।  ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।

मुद्दा दर्ता गरेपछि आफ्नो फेसबुक पेज बाँस्कोटाले  लेखेका छन् ‘मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइजतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’

बाँस्कोटाले अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा भन्दै  ८ फागुनमा पदबाट राजीनामा दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ