arrow

मैनालीको कार दुर्घटना नियोजित ठहर, ‘दुर्घटना छानविन कार्यदल’ गठन

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
cp-mainali-1.jpg.jpeg

काठमाडौं । नेकपा मालेका महासचिव सीपी.मैनालीको सवारी दुर्घटना नियोजित भएको ठहर गरिएको छ । गृह जिल्ला झापाबाट काठमाडौं आउने क्रममा महोत्तरीको रातोनदी नजिक भएको दुर्घटनालाई नेकपा मालेको स्थायी कमिटीले नियोजित ठहर गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय रातोपुलमा बसेको नेकपा (माले) को स्थायी कमिटीको बैठकले महासचिव मैनाली सवार कार दुर्घटना अस्वभाविक तथा नियोजित ठहर गर्दै उक्त दुर्घटनाबारे जनस्तरबाटै जानकारी हाँसिल गरी दुर्घटनाको छानविन गरी तथ्यको आधारमा सत्य पत्ता लगाइ १५ दिनभित्र पार्टी केन्द्रलाई प्रतिवेदन दिने गरी स्थायी कमिटी सदस्य क.दीननाथ घिमिरेको संयोजकत्वमा ‘दुर्घटना छानविन कार्यदल’को गठन गरेको छ ।

उक्त कार्यदलको अन्य सदस्यहरुमा वैकल्पिक पोलिटव्युरो सदस्य पर्शुराम लामिछाने र केन्द्रीय सदस्य शंकर पोखरेल रहेका छन् ।

बैठकले सीआईवी मार्फत् दुर्घटनाको सत्यतथ्य छानविन गरोस् भनी सरकारसँग माग गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकले यही फागुन २० र २१ गते पोलिटव्युरोको विस्तारित बैठक आयोजना गर्ने निर्णय गरेको छ ।  

दुर्घटनामा परी नेता मैनाली, उनका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएका थिए । नेता मैनाली चढेको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ