arrow

बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
gokul-baskota1.JPG

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा लागत बढाएर त्यसको ७० प्रतिशत कमिशनमा मोलमोलाइ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

काठमाडौँ जिल्ला अदालतमा बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो बाहिर आएपछि विजय प्रकाश मिश्र शर्माबिरुद्ध निवर्तमान संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुद्दा दर्ता गरेका हुन् ।

निवर्तमान मन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रलाई विपक्षी बनाई दायर गरेको मुद्दामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको विषयमा अडियो सार्वजनिक गरेर आफूलाई झुटो आरोप लगाएको उल्लेख छ ।

मुद्दा दर्ता गरेपछि आफ्नो फेसबुक पेज बाँस्कोटाले  लेखेका छन् ‘मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइजतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’

बाँस्कोटाले अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा भन्दै  ८ फागुनमा पदबाट राजीनामा दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ