भातै नखाइ फर्केका प्रचण्ड फेरी पुगे सुकुटे रिजोर्ट
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
924
Shares
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको गजबको बानी छ, जब तनाव थपिन्छ फुत्त काठमाडौं बाहिर निस्कन्छन् । धुलिखेल, नगरकोट र सिन्धुपाल्चोकको सुकुटे, दाहालको “तनाव बिसौनी” बन्ने गरेको छ । केही वर्षयता प्रचण्डका वर्षको कम्तिमा २ पल्ट सुकुटे पुग्ने गरेका छन्, रिफ्रेश हुने बहाना खोज्दै । चाहे पार्टीभित्रको तनाव होस् वा पारिवारिक, उनी सुकुटे तटमा पुरेर केही समय बिताउँछन् अनि मन हल्का बनाउँदै फर्कने गर्छन् ।
पार्टीभित्र र बाहिरको चर्को दबावपछि तनावमा परेका प्रचण्ड आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे बीच एड्भेन्चर क्याम्प रिजोर्ट पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यका उपाध्यक्ष वामदेव गौतमलाई लैजाने नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको निर्णय नमान्ने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चेतावनीपछि प्रचण्ड थप दबाबमा परेका हुन् ।
उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बन्ने निर्णय तुहिने अवस्थामा पुगेको छ । सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरेको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकृत गरेपछि प्रचण्ड तनावमा छन् ।
बालुवाटार पुगेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री ओलीले पार्टीको निर्णय आउनु अघि नै मन्त्रीपरिषदले अर्थमन्त्री युवराज खतिवडालाई म्याद थपका लागि सिफारिस गरिसकेको बताएका थिए। प्रचण्डले भने राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष गौतम नै मनोनीत हुने बताउदै आएका छन् ।
प्रचण्ड सचिवालयले अध्यक्ष दाहाल सुकुटे रिजोर्ट गएको जनाएको छ । सचिवालयका अनुसार शनिबार प्रचण्डले सुकुटे महोत्सवको उद्घाटन गर्नेछन् ।
यसअघि प्रचण्ड पत्नी सीता, छोरी ज्वाईँ, नाती नातिनी, पार्टी नेता अग्नि सापकोटा र सुरक्षाकर्मी सहित रिजोर्ट पुगेका थिए। सुनकोशी किनारको रिजोर्ट पुगेपछि पत्नी सीता र उनको लागि एउटा, आफन्तका लागि लागि अर्को कोठाको व्यवस्था थियो । टोलीमा सामेल १२ जनामध्ये बाँकीले चाहिँ ३ वटा टेन्टमा रात बिताएका थिए ।
सो समय तनाव मत्थर पार्न दाहाल प्रधानमन्त्री ओलीसँगको निर्धारित वार्ता छाडेर सुकुटे हान्निएका थिए । तर दाहाल वार्ता बहिष्कार गर्दै रिजोर्ट हिँडे भनेर हल्लाखल्ला भएपछि, ओलीले बोलाए । ओलीसँगको वार्ताका लागि हिँड्नुपर्ने भएपछि उनले भातै नखाइ हिडेका थिए ।