arrow

प्रजातन्त्र सेनानी तथा कांग्रेस नेता गौलीको निधन

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेस पूर्व महासमिति सदस्य अमरबहादुर गौलीको निधन भएको छ । ८६ वर्षीय अमरबहादुर गौलीको शुक्रबार विहान ६ बजे इटहरी उपमहानगरपालिका स्थित आफ्नै निवासमा निधन भएको हो ।

प्रजातन्त्र सेनानी तथा कांग्रेस सुनसरीका पुराना नेता गौली २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार थिए ।

गौलीले नेपालको प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । देउवाले भनेका छन् “नेपाली कांग्रेस सुनसरीका पुराना नेता, पूर्व महासमिति सदस्य एवं प्रजातन्त्र सेनानी अमरबहादुर गौलीको निधनको खबरले मलाई दुःखीत तुल्याएको छ । उहाँले नेपालको प्रजातान्त्रिक-लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टी संगठनमा पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उनको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो तर्फ हार्दिक समवेदना प्रकट गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ