arrow

मोटरसाईकलबाट विश्व यात्रा गर्दै लुईटेल 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ फागुन १७ शनिबार
moter-cycle-world-tour.jpg

स्याङ्जा। नेपालबाट साइकल यात्रा गरी विश्व भ्रमण गरिएको सुनिएपनि मोटरसाईकलबाट विश्व भ्रमण गर्ने खबर भने थाहा पाइएको खबर सुनिएको छैन । मोटरसाईकलबाट विश्व भ्रमण गर्ने खबर सगै शाहस स्याङ्जाका एक युवकले देखाएका छन् । विश्वका सबै देशमा पुगेर १० बर्षमा ८ लाख किलोमिटर मोटरसाईकल मार्फत हिड्ने लक्ष्यका साथ स्याङ्जाबाट युव विदाई भएका छन् । वालिङ नगरपालिका १४ तमादीका ३० वर्षीय यामप्रसाद लुईटेल विश्व मोटरसाईकल यात्रामा शनिवारबाट निस्किएका छन्।

जिल्लाका ११ स्थानीयतह सगै जिल्ला समन्वय समितिबाट समेत विदाई भएका लुईटेल शनिवारबाट औपचारीक रुपले आफ्नै नगर वालिङ नगरपालिकाबाट विदाई भएका छन् । उनको विदाईका क्रममा वालिङ नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिकदलका प्रतिनिधिनी, वालिङ उद्योग वाणिज्य संघ लगायत उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवी, संचारकर्मी लगायतको सहभागितामा उनको विदाई गरिएको थियो । लुईटेलले विश्व मोटरसाईकलको औपचारिक यात्राको सुरुवात भने दार्चुलाबाट शुभारम्भ गर्ने जनाएका छन् । नेपाललाई मोटरसाईकल यात्राबाट विश्वभर चिनाउने लक्ष्यका साथ प्रस्थान गरेका लुईटेल पहिलो चरणमा नेपालका ७ सय ५३ स्थानीय निकाय, सात प्रदेशमा पुगेर अन्तिममा केन्द्रिय सरकारको विदाई पश्चात विश्व भ्रमणमा निस्कने अभिलासा लिएका छन् । सरकारले शुभारम्भ गरेको नेपाल भ्रमणबर्ष लाई साकार पार्न पनि यो यात्रा फलदायी हुनेमा लुईटेल विश्वस्थ छन्। 

मुलुकलाई समृद्धि बनाउने सरकारको योजना छ यात्री लुईटेलले भने,“सबै स्थानीयतहले देशलाई समृद्धि बनाउन के के योजना छन् भन्ने विषयमा जानकारी लिने छु ।” देशमा पर्यटकीय सम्भावनाको खोजी गरि त्यस्ता पर्यटकीय क्षेत्रको विश्वमा प्रचार प्रसार गर्ने मेरो अर्को लक्ष्य हो लुईटेलले भने । सबै समस्याको समाधान गर्दै मेरो यात्रा पुरा हुने आशामा लुईटेल रहेका छन् । लुईटेलको विदाईमा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँणले भ्रमण बर्ष २०२० को लोगो अंकित वालिङ नगरपालिका लेखिएको सानो मायाको चिनो दिएर मोटरसाईकल यात्री लुईटेललाई विदाई गरेका छन् । लुईटेलले सबै स्थानीयतहमा पुगेर सो मायाको चिनो प्रदान गर्ने छन् नगर प्रमुख खाँणले भने,“विश्वयात्रा गर्ने कार्य सहज नभएपनि यात्रा सफल हुनेमा आफुहरु विश्वस्त रहका छौं ।” आफ्नै नगरका बासिन्दा लुईटेलको यो यात्राले नगरले गर्भको महसुस गरेको बताउदै यात्राको क्रममा आइपर्ने बाधा अड्चनको धैर्यताका साथ सामना गर्दै अगाडी बढ्नु शुभकामना छ खाँणले भने । यात्रा अवधीभर वालिङ नगरपालिका साथमा रहने प्रतिवद्धता प्रमुख खाँणको थियो। 

लुईटेलको मोटरसाईकल मार्फत विश्व यात्रा गर्ने अवसरले नीजि क्षेत्रलाई निकै उत्साही बनाएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले बताए । नेपाल भ्रमण वर्षको अवसर पारेर विश्व भ्रमणमा निस्किएका लुईटेलको विश्व भ्रमण गर्ने कार्यले पर्यटन क्षेत्रमा सफलता हासिल गर्ने उनले बताए । स्याङ्जाबासिको मात्रै नभएर देशकै लागि गौरव हो भन्ने नीजिक्षेत्रको बुझाई रहेको पौडेलले बताए । सन् २०२२ सम्ममा नेपालका ७ सय ५३ स्थानीय तहको करिब ६० हजार किलो मिटरको यात्रा पुरा गरि सन् २०२२ बाट  विश्व यात्रामा निस्किने र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा गर्ने योजना लुईटेलको छ । 

समाज र राष्ट्रको लागि केही गर्नु पर्छ भन्ने उद्देश्य बोकेर आफु विश्व यात्रामा निस्किएको उनको भनाई छ । मोटरसाईकल यो यात्रामा मेरो साथी हुने र यै साधनको प्रयोग गरि देशको पर्यटनको सम्भावना र अवस्थाको अध्ययन गरि यसलाई अन्तराष्ट्रिय स्तरमा नेपालको बारेमा जानकारी दिने लुईटेलले बताए । अर्जेन्टिनाका इमेलियो स्कटोले मोटरसाईकल यात्राबाट दश वर्षमा ७ लाख ३५ हजार किलो मिटर यात्रा गरेका थिए । यसलाई बढाएर दश वर्ष भित्रै ८ लाख किलोमिटरको यात्रा पार गरेर रेकर्ड तोडेर गिनिज बुकमा नेपाल आफ्नो नाम दर्ज गर्ने लक्ष्य लिएका छन् । नेपाललाई विश्वसामु सगरमाथाको देश , गौतम बुद्धको देश र पशुपतिनाथको एक सुन्दर पर्यटकीय देश भनेर चिनाउने यो अभियानमा सबैले सहयोग र्न लुईटेलले आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ