arrow

ईश्वर पोखरेलले प्रचण्डलाई संकेत गर्दै भने ‘मनोरोगी’

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
Ishwor-Pokharel.jpg.jpeg

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘मनोरोगी’ भएको संकेत गरेका छन् । 

उनले नामै नकिटे पनि प्रचण्डतर्फ लक्षित गर्दै मनोरोगी भनेका हुन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ले स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको सामुदायिक पत्रकारिता पुरस्कार वितरण समारोहमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै पोखरेलले २०६२–६३ मा आन्दोलनमा हासिल गरेको सफलतापछि संविधान लेख्न १० वर्ष लागेको तथा सरकार संचालन गर्न थालेको भर्खर दुई वर्ष पुगेको उल्लेख गर्दै पहिलो वर्ष आधार वर्ष र दोस्रो वर्ष प्रारम्भ वर्ष भने पनि अहिले नै आएर अब अविश्वासको प्रस्ताव लैजान पाइन्छ भनेर अफवाह फैलाउन खोजेको आरोप लगाए । 

उक्त आरोप लगाउँदै पोखरेलले मिडियाले पनि यो कुरा बुझ्नुपर्ने र दलभित्र पनि कतैकतै यो व्यवस्था यसरी आएको हो भनेर मिडियामा आउने गरेको र राजनीतिक पार्टीभित्र मनोरोगीहरु रहेको बताए । 

ईश्वर पोखरेल र प्रचण्डबीच पहिलेदेखि नै खिचातानी हुँदै आएको छ । पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका खम्बा बनेर निस्किइरहन्छन् । उनले ओलीका तर्फबाट प्रचण्डलाई गाली गर्न छाड्दैनन् । 

भ्रष्टाचार काण्डमा सरकार मुछिएपछि प्रचण्डले सरकार परिवर्तन सम्मको क्याम्पेनिङ गरेको आरोप पनि लाग्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ