arrow

१३ वर्षमा दोस्रो पटक मिर्गौला फेर्दै ओली

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
pm-oli-back.jpg

काठमाडौं । लामो समयदेखि मिर्गौलाको समस्या खेप्दै आएका प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गरिने भएको छ।  पटकपटक डाइलोसिस गराइ रहेका प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिने भएको हो । मिर्गौला प्रत्यारोपण गरिने भएपछि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना हुने भएका छन् ।

प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरण गर्न लागेको बारे  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा जानकारी गराइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गौला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको थियो ।

अस्वस्थ्य रहेका प्रधानमन्त्रीको यसअघि मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनको मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्रीले आइतबार बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका थिए। यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि पटकपटक डायलाइसिस गराउदै आएका छन् । भदौमा  मिर्गौलाको उपचारका लागि ओली सिंगापुर गएका थिए । १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने सुझाव दिइएको थियो ।

 १३ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्। प्रत्यारोपणको तयारी ९९ प्रतिशत पूरा भइसकेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ