arrow

अध्यक्षलाई जुत्ता हान्ने विप्लवका नेता

अध्यक्षलाई जुत्ता हान्ने विप्लवका नेता

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
tiruwa.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई राष्ट्रियसभागृहमा जुत्ताले हान्ने युवकको परिचय खुलेको छ । भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने  युवक तत्कालीन माओवादीकै कार्यकर्ता रतन तिरुवा भएको खुलेको छ।

उनी हाल नेत्रविक्रम चन्द 'विप्लव'सँग आवद्ध रहेका छन् । तिरुवा जुम्ला निवासी हुन्। जनयुद्धको समयमा उनका बाबु माओवादीमै लागेका कारण मारिएका थिए। भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेका प्रचण्डमाथि दर्शकदीर्घाबाट ताकेर जुत्ताले हानिएको थियो । जुत्ता प्रचण्ड भएको मञ्चसम्म भने आएन ।

जुत्ता प्रहरा गर्ने तिरुवालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । तिरुवाले आफूलाई प्रचण्डको भाषण चित्त नबुझेको बताएका छन्। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

तिरुवाले आफ्नो फेसबुकमा विश्व कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरु कार्ल मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओत्सेतुङको संयुक्त तस्बिर राखेका छन् । साथै, आफ्नो फेसबुकको ‘इन्ट्रो’ मा उनले लेखेका छन्, ‘जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त्य हुँदैन, तबसम्म सर्बहारा बर्गको अधिनायकत्व प्राप्त हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ