arrow

सरकारले चीनका लागि राजदूत बदल्यो, लिलामणि फिर्ता, महेन्द्र सिफारिस

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका कारण पौडेललाई फिर्ता बोलाउने निर्णय

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
lilamani-mahendra.jpg

काठमाडौं । चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले पूर्व मूख्यसचिवसमेत रहेका पौडेललाई फिर्ता बोलाएको हो । 

पौडेललाई १५ दिनभित्र स्वदेश फर्कन निर्देशनसमेत दिइएको छ । 

बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका कारण पौडेललाई फिर्ता बोलाउने निर्णय गरिएको पनि बुझिएको छ । 

सरकारले पौडेलको स्थानमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई नयाँ राजदूतमा सिफारिस गरेको छ । 

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि पाण्डे राजदूतमा सिफारिस भएका थिए । तर उक्त निर्णय कार्यान्वयन हुनुअघि नै ओलीको सरकार ढलेका कारण पाण्डेले नियुक्ति खान पाएका थिएनन् । 

प्रधानमन्त्री ओली बुधबार हुने मृगौला प्रत्यारोपणका लागि सोमबारदेखि नै अस्पतालमा भर्ना हुँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ