arrow

महाधिवेशनको तयारीमा जुट्यो राप्रपा

महाधिवेशन प्रतिनिधि ४५ सय

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
rpp-company.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुस्त ,ब्यबस्थित र प्रभाबकारी महाधिवेशनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रिय सचिवालय, निर्बाचन समिती, संगठन, आर्थिक र सूचना-प्रबिधि बिभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले समय सिमा भित्र तोकिएको कार्य सम्पन्न गर्न र नियमित अनुगमन गर्न समेत आग्रह गरेका छन् ।

तल्लो तहको अनुशिक्षण बैठक तत्काल सम्पन्न गर्न र सकृय सदस्यता अभियानलाई प्रभाबकारी बनाउन थापाले आग्रह गरे । राप्रपाको पछिल्लो संसोधित बिधान अनुसार यसपटकको महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ ।

तोकिएको न्युनतम सकृय सदस्यता नबनेका गाउँ ,नगर,क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्राबधान राखिएको छ । गाउँ पालिका ,नगर,उपमहानगर ,महानगर, प्रदेश,संघीय र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वत प्रतिनिधि हुनेछन् भने प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितीबाट ८ जनाको दरले महाधिवेशन प्रतिनिधि हुनेछन् ।

८ जनामा अनिवार्य २ महिला,१ उत्पीडित ,२ आदिबासी जनजाती,पिछडिएको,अल्पसंख्यक ,थारु,मधेसीबाट र ३ अन्यबाट गरि प्रतिनिधित्व रहने छ। महाधिवेशनमा प्रबासबाट सहभागी हुने समेत जोड्दा पैंतालीस सय प्रतिनिधिको सहभागीता रहने जनाईएको छ।

 बैठकमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, निर्बाचन समितीका अध्यक्ष तोरण बहादुर गुरुङ ,संगठन बिभाग प्रमुख सांसद राजेन्द्र लिङ्देन, सचिवालय प्रमुख भाष्कर भद्रा, सूचना-प्रबिधि बिभाग प्रमुख राजाराम बर्तौला लगाएतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ