काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । सोमबार साँझ ६:१५ बजे प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्र्रा डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।
प्रत्यारोपणपूर्व उनको आज रगत, दिसापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिए।
“प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिनेछ”, उनले भने।
उनको मुटुको एञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताए ।