arrow

यस्तो छ मौसममा स्थानीय वायुको प्रभाव 

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
weather11.jpg

काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । मौसमविद् मञ्जु वासीका अनुसार मंगलबार बिहान देशभरको मौसम सफा छ । 

काठमाडौं उपत्यका बिहान सफा रहेको छ । दिउँसो मौसममा बदली भए पनि पानी पर्ने सम्भावना छैन । 

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने छ । 

भिजिबिलिटी ३ किलोमिटर रहेको छ ।

दिउँसो देशको पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी पहाडी भू(भाग आंशिक बदली रहने छ। तराई भूभाग सामान्यतय सफा रहने छ ।

मध्य तथा पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र  पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

यस्तो छ दुई दिनको पूर्वानुमान
फागुन २१ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २२  गते (बिहीबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः  देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकि भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ