arrow

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको भूटानका समकक्षीबाट कामना

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
pm-oli-oli.JPG

काठमाडौं । भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

उनले मंगलबार एक सन्देश पठाई प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । 

यसैगरी नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ