arrow

कस्तो छ प्रधानमन्त्री ओलीलाई ?

मिर्गौला दान गरेकी भान्जीको अवस्था सामान्य

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
pm-oli-doha-2019.jpg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा आलीको दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्री ओलीको  त्रिवि शिक्षण अस्पताल महाराजगजमा मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको हो । हाल उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको शिक्षण अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

प्रधानमन्त्रीको सवै मुख्य सूचकाकहरु राम्रो अवस्थामा रहेका छन्  ।  प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरिसकेको छ । र, उनलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ।

प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाले उनलाई आफ्नो एउटा मिर्गौला दान गरेकी छन् । उनको स्वास्थ्य स्थिति पनि सामान्य अवस्थामा रहेको छ। उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।

मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या सिंह शाह, डा महेश सिग्देल, डा.मकन्द काफले र डा रविन नेपाली लगायतको टोली सहभागी थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्रा डा सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । ओलीले उनका ९० बर्षीय पिताजी मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएर अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

देश जनताले प्रधानमन्त्री ओलीको  स्वास्थ्यलाभको कामना गरेका छन् । साथै विभिन्न स्थानमा दिप प्रज्वलन तथा दीर्घ जीवनको कामना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ