arrow

७७ वटै जिल्लामा प्रशिक्षण शाखा गठन गर्न निधिको निर्देशन

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
bimelendra-nidhi.jpg

काठमाडौं‌ ।  नेपाली कांग्रेसका उपसभापति  विमलेन्द्र निधिले ७७ वटै जिल्ला र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न निर्देशन दिएका छन् ।  नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका निधिले केन्द्रीय प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु तथा जिल्ला प्रशिक्षण शाखाका प्रमुख (उपसभापति) हरुको संयुक्त बैठकमा निर्देशन दिएका हुन् ।  

पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा प्रतिष्ठानका सदस्य एवं आधारभूत प्रशिक्षण पुस्तिका कार्यक्रम २०७६ का संयोजक  केशव निरौलाले नेपाली कांग्रेसका ५ लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण कार्यक्रमका लागि दिइने प्रशिक्षण कार्यक्रमको कार्ययोजना प्रस्तुत गरेका थिए  ।  

बुधबारको बैठकले ७७ वटै जिल्लाका ६७४३ वडाहरुमा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ ।  

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिष्ठानका प्रमुख  विमलेन्द्र निधिले ७७ वटै जिल्ला र १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुलाई निर्देशन दिए ।   उक्त बैठकमा जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ