-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्मिमी भूभागमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको छ भने मध्यपश्चिममा बुधबार राति वर्षा भएको छ ।
पश्चिमका केही भूभागमा तथा मध्यपूर्वका केही स्थानमा बिहीबार मेघ गर्जन र चट्याङ हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।
सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा पनि अपरान्हपछि वर्षा हुने सम्भावना रहेको छ ।
न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रह्यो भने भिजिबिलिटी ३ किलोमिटर रह्यो । अधिकतम तापक्रम २० देखि २२ डिग्री हुने अनुमान गरिएको मौसमविद् अर्यालले बताए ।