arrow

आचार्य निवासमा पुस्तक प्रकाशनको चर्चा, यस्ता छन् पीडा

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
Capture1.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा पुस्तक प्रकाशनको चुनौति विषयको छलफल भएको छ । कार्यक्रम प्रारम्भ गर्दै नेता आचार्यले हामी गएको बैशख ७ गतेदेखि सुरु भएको यो बहस गत शनिबार ४१ औं बहस हुन आइपुगेको छ । 

छलफल कार्यक्रमलाई विस्तारमा अगाडि बढाउदै वरिष्ठ साहित्यकार शारदा शर्माले पुस्तक पढ्ने, पुस्तक लेख्ने, पुस्तकको समिक्षा गर्ने र पुस्तक प्रकाशन गर्ने मानिसहरु यहाँ रहेको उल्लेख गरिन् । 

उनले भनिन्, ‘मैले लेखेका पुस्तक प्रकाशन गर्न सांग्रीला बुक हाउसका मणि शर्मा आउनु हुन्छ उहाँले छापि पनि दिनु भएको छ । छाप्नको लागि मलाई समस्या छैन । तर कहिले काँही हिसाव माग्ला दिन्छु त भन्नु हुन्छ । सायद उहाँलाई कुनै समस्या होला केही ढिलो हुन्छ ।’

लेखकका तर्फबाट सर्वप्रथम वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतमले लेखकहरुका विचमा पनि विरोधाभाषको चुनौती रहेको भन्दै अगाडि भने, ‘हामी माथिको विरोधाभाषको पनि चर्चा गर्न जरुरी छ । मेरा धेरै कितावहरु छापिएका छन् । धेरै पढिन्छ भन्ने पनि सुन्ने गरेको छु । कसैले किताव लेखेर नै घर बनाए भन्ने पनि सुनेको छु । प्रकाशन गृहहरु पनि नयाँ नयाँ आइपनि रहेका छन् । मलाई सुरुमा नबुझिने लेख्छन् भन्थे सुरुमा । यसैले हो की प्रकाशकहरु म सँग अल्लि हच्केकै देख्छु । मैले नाटक लेख्न छोडें । किताब छाप्न मलाई समस्या छैन । तर किताव छापेर मैले प्राप्त गर्ने अर्थ पाउन कठिन छ ।’

वरिष्ठ साहित्यकार हरिहर खनालले भने, ‘आज उपयोगी विषयको छलफल भएको छ । साझा प्रकाशन सबै लेखकहरुका लागि राम्रो प्रकाशन थियो अब त्यो बन्दै भएको अवस्थामा छ । अरु प्रकाशनहरु आएका छन् तिनले किताव छापेका छन् । तर लेखकका लागि किताव छापियो भन्ने मात्र हुने अवस्था छ । लेखेर प्राप्त गर्ने अन्य अवस्था छैन । साझाले राम्रो रोयल्टि दिन्थ्यो । यतिखेर हामीले बेहोरेको समस्या किताव प्रकाशन मात्र होइन । लेख प्रकाशनमा समेत समस्या रहेको छ । आफ्नो समुह बनाएर लेख्ने र छाप्ने काम भयो । यसले प्रतिभालाई प्रस्फुरण हुन नदिने परिस्थिति बन्दै आएको छ ।’

अन्य विधा मध्ये राजनीतिक विश्लेषक कृष्ण खनालले भने, ‘साहित्य लेखन बाहेक नेपालमा पठ्यपुस्तक पछि अन्य केही पनि छैन । पछिल्लो समय दुईचार जनाले लेख्नु भएको पढ्न पाइएको छ । कर्मकाण्डको कुरा होइनकी अध्यात्म चिन्तनको भण्डार हाम्रो शुक्का रहेछ । हाम्रो पढाइमा रिक्तता देखिन्छ । संस्कृति भनेको कुनै जति, समुदाय विशेषको होइन । त्यहाँ भित्र ठूलो दर्शन रहेको हुन्छ । स्वतन्त्र चिन्तनबाट विषयगत लेखन हाम्रो प्रारम्भनै भएको छैन । मैले नेपालको राजनीतिको बारेमा पढाए । तर त्यसको चिन्तनको पुस्तकनै छैन । त्यस्तै हाम्रो समाजका बारेमा लेखिएको पुस्तक छैन । समाजको मूल्य र भएको रुपान्तरणमा कुनै कितावहरु आएका छैनन् । अहिले सरकारले लगाएको कर समाजलाई पार्ने प्रभाव डरलाग्दो रुपमा देखिदैछ । बौद्धिक खुराक शून्य कस्तो राष्ट्र हामी बनाउन खोजि रहेका छौं ?’

कार्यक्रममा डा.ब्रतराज आचार्यले भने, ‘कपि राईटलाई बैधानीक तहसम्म लैजाऔं भनेर केही काम गरियो । त्यसमा पनि लेखक र प्रकशकका तर्फबाट नै समस्या आयो । मूख्यतः लेखक नै आफ्नो प्रकाशन एकठाउमा दिइसकेपछि अडिन सक्नु भएन । यसरी लेखक नअडिएपछि प्रकाशनहरुले लेखक मार्फतबाट लिएर गर्ने कामले लेखकले पनि पूर्णरुपको त्यसको पारिश्रमिक पाउन नसक्ने हुनुभयो । साथै प्रकाशकहरु पनि त्यति सुरक्षित नरहने अवस्थाले गर्दा यो प्रक्रिया पनि बलियो गरेर रहन सकेन ।’

सांग्रीला प्रकाशकका प्रमुख मणि शर्माले भने, ‘ध्रवचन्द्र सरको किताव हामी छाप्न चाहन्छौं । तर यतिठूलो लेखक, चलेको लेखक उहाँको माग हामी पुरा गर्न सक्छौं ? यो प्रश्न आफैमा आउथ्यो अनि हामी अघि बढ्न सक्दैनथ्यौं । हामीले प्रकाशन सुरुगरेको १० वर्ष भयो । यो समय हामीले सिक्दैमा गएको छ । गएको वर्षदेखि हामी व्यवसायिक भएर काम गर्न सकेको हो की भने जस्तो लाग्छ । साझा एउठा ठूलो प्रकाशन समुह थियो । यो राम्रो थियो त्यसै समाप्त प्राय भयो । हामी सानो पूजीबाट आएका प्रकाशन समुहहरु अझै पूर्ण व्यवसायिक हुन सकेका छैनौं । हाम्रो बजार सानो छ । अनुभवको कमि छ । आउन पर्ने मानिसहरु प्रकाशन गृहका रुपले आइरहनु भएको छैन । जस्तै मण्डला बुक हाउको चालिस पचास वर्षको इतिहास छ । उहाँहरु प्रकाशक बनेको भए सजिलो हुन्थ्यो । त्यस्तै रत्नपुस्तक भण्डारले व्यवस्थित रुपमा प्रकाशनको काम गथ्र्यो भने अरु प्रकाशन गृहको काम पनि हुने थिएन । व्यवसायिक प्रकाशन गृहको अभाव मुख्य कुरा हो । बजारमा साहित्य भन्दा अन्य लेखनका किताव धेरै विक्रि हुन्छन् । गैर साहित्यमा हाम्रोमा लेख्ने चलन छैन । यो अतिनै आवश्यक छ ।’

मण्डला बुक हाउसका माधव महर्जनले भने, ‘पब्लिकेशन हाउसहरु व्यावसायिक रुपमा संचालन हुन सकेका छैनन् । अहिले इण्डियामा ९ हजार भन्दा बढी प्रकाशन गृहहरु त्यहाँ छन् । जब मल्टिनेशनल हाउसहरु दिल्लिमा आए त्यसपछि उनीहरुले एउटा मौका पाए, ठूलो फड्को मारे । हुनतः पहिला नै अक्सफोर्ट, क्याम्बृजहरु त्यहा थिए । मल्टिनेशनल हाउन आउने बित्तिकै अमेरिका, बेलायत, क्यानडा र इण्डिया यि ठाउँको जुनसुकै ठाउबाट प्रकाशन भए पनि उनीहरुलाई आउने हुदो रहेछ । साउथ एशियामा सस्तोमा किताव दिने इण्यिाले योजना ल्याएको हुँदा अहिले हामीले जतिपनि बाहिरको किताव पढिरहेका छौं । त्यहि कारणले गर्दा नै हामीले अहिले सजिलो र सस्तोमा पढ्न पाएका हौं । यसलाई डलरमा किनेर हामीले पढ्न पर्ने हो भने हामी पढ्न नसक्ने अवस्थामा हुन्छौं । नेपालमा अहिलेको अवस्थालाई हेर्दा मल्टिनेशन हाउने परिस्थिति र वातावरण छैन । जति काम गर्न सक्छौं यहिका प्रकाशन गृहहरुले मिलेर गर्न पर्ने अवस्था छ । हाम्रो काठमामाडौंमा जम्मा दश पन्धवटा मात्र प्रकाशन हाउस छ । यो पनि एउटा विडम्बनानै हो । हाम्रोमा छ्यापछ्यापति प्रकाशन र वितरण हुनुपर्ने हो त्यो छैन । अहिले ट्याक्सका कारण अझ खुम्चिने होकी भन्ने डर पनि भएको छ । रोयल्टीको कुरा पल्पसा क्याफेको चालिस हजार विक्रि पछि अघि बढेको छ । राम्रो किताव विक्रि भए लेखकलाई र प्रकाशन गृहलाई पनि हुन्छ ।’

त्यस्तै शिखा प्रकाशनका पुष्पराज पौडेलले भने, ‘अहिले सरकारले ल्याएको कर मूलतः स्कुलमा पढाई हुने पुस्तकको कारणले हो । तर यसलाई पुस्तक भन्नाले सबै परे । कोर्शका कितावहरु जसरी किन्न बाध्य भइन्छ त्यसरी हामीले प्रकाशन गरेको कथा, कविता, निवन्ध, उपन्यासको किताव किन्न बाध्य भइदैन । करले गर्दा बाहिरबाट किताव ल्याउदा धेरै महङ्गो बनेको छ । जसले गर्दा पाठकले चाहदा चाहदै पनि किनेर पढ्न किठन बनिरहेको छ । यो कुरा सरकारी निकायले नबुझेको हो ।’
 
कार्यक्रममा विद्वान डा.जयराज आचार्यले भने, ‘यो विषय गाह्रो छ । नेपालमा सस्तो मूल्यमा किताव निकाल्छौं भन्न पनि कागज, मसि हामीले किनेर ल्याउनु पर्छ । हामी यसमा आत्मनिर्भर हुने तार्फ राज्यको कुनै सोच देखिदैन । अहिले पनि पुस्तक विक्रि गर्न राखिएको मेलामा लक्ष्मीप्रसाद देवकोटा र वीपी कोइरालाकै विक्रि हुने भन्छन् । हालसालै गरेको सर्वेक्षणमा पनि गैरआख्यान पुस्तकहरु पनि राम्रो विक्रिहुने देखाएको छ । प्रकाशकलाई जति नाफा हुन्छ लेखकले पनि त्यहि अनुसार पाउने हो । हेरिपोटर पहिला छाप्न चाहेनन्, विक्रि हुदैन भनेर छापेनन् । पछि छापियो, अहिले ति महिलाले मिलेनियम डलर कमाएकी छन् । यो संशार भर प्रख्यात भएको छ । मुनामदन पनि अंग्रेजीमा अनुवाद भएर दिल्लिबाट छापिएर आएको छ । हाम्रो प्रकाशकहरुले यस्ता पुस्तकहरु प्रकाशन गरौं । हामीले संबोधन गर्ने नयाँ पुस्तालाई हो । नेपाली भाषालाई अनुवाद योग्य किताव लेखेर गर्नु प¥यो । हाम्रो पनि अन्तर्राष्ट्रिय कृतिहरु छन् भनेर हामीले चिनाउन सक्छौं । भानुभत्तका कृतिहरु पनि हामीले गर्न सक्छौं । नेपाली समाजको पहिलो प्रतिनिधित्व भने रामायण नेपालको साथ साथै अनुवादले पनि अन्तराष्ट्रिय बनाउन सक्छौं । लेखकले स्तरीय लेख्ने र प्रकाशकहरुले बजार बढाउने हो भने नेपालमा पनि ठूलै सम्भावना छ । पढ्ने संख्या बढेको छ । यसलाई हामीले प्रोत्साहन गर्नु पर्छ । नेपाल सरकारले पनि यस दिशातर्फ आफ्नो स्पष्ट दृष्टिकोण बनाउनु पर्छ ।’

कार्यक्रममा डा.ज्ञानु पाण्डे, कृष्ण धरावासी, डा.रत्नमणी नेपाल, संगीत श्रोता, राजकुमार बानियाँ, मणि लोहनी, सर्वज्ञ वाग्ले, आन्विका गिरी, हेम प्रभास, रामचन्द्र घिमिरे श्याममणी आचार्य, टोपेन्द्र रानामगर, लगायतले आफ्नो विचार राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ