arrow

गाँजा खुलाइए आमरण अनशनमा बस्ने

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
hom_bahadur_karki.jpg

काठमाडौं । विश्वभूमि भक्त होम बहादुर कार्कीले नेपालमा कुनैपनि हालतमा गाँजा खेति खुल्ला गर्न नहुने भन्दै सांसदहरुलाई गाँजा खुल्ला गर्ने विद्येयक कुनैपनि हालतमा पारित नगर्न सुझाव दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्कीले नेपालको सामाजिक परिवेश, धर्म, संस्कृतिका कारण पनि गाँजा खुल्ला गर्न नहुने तर्क गरे । ‘यदि आर्थिक लोभ र लाभका कारण गाँजा खेति खुल्ला गरिए नेपालको अवस्था दयनीय र बर्वाद हुन्छ ।’–उनले भने ।

गत सोमबार प्रतिनिधिसभामा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेपछि कार्कीले यस्तो आपत्ति जनाएका हुन् । उनले यो विद्येयक पारित भए नेपाल र नेपालीहरुको भाग्य र भविष्यमाथि ठूलो खेलबाड हुने समेत खतरा औंल्याए । उनले यो विद्येयक संसदबाट फिर्ता नलिए आफू आमरण अनशनमा बस्न बाध्य हुने समेत चेतावनी दिए ।

गाँजा खुल्ला गरिए युवायुवतीहरुको भविष्यमाथि नै आक्रमण हुने उनको तर्क छ । ‘छिमेकी भक्तहरुलाई गाँजा सेवन गराएर हामीले डलरमा पैसा लुट्ने हाम्रो संस्कृति होईन, त्यसैले पैसा कमाउने लालसा त्यागौं । हाम्रा युवायुवतीहरुको सुन्दर भविष्यको लागि पनि गाँजा खुल्ला गर्ने कुरा घातक छ ।’–उनले भने ।

यदि जबरजस्ती बहुमतको आधारमा पेलेर विद्येयक पारित गरिए यसअघि गाँजा सेवन तथा गाँजासँगै जोडिएर पक्राउ परेका र हाल कैदी जीवन जिउन बाध्य भएका सम्पूर्णलाई रिहाई गर्नुपर्नेपनि उनको माग छ । उनले भने,‘यदि उनीहरुलाई रिहाई नगर्ने हो भने कैदीका आमाबुवाहरु सडकमा उत्रिनेछन् । यसतर्फपनि सरकारले बेलैमा सोचोस् ।’

उनले पटक–पटक चुनावमा हारेका व्यक्तिहरुलाई पूनः सांसद बनाउनको लागि संविधान नै संशोधन गर्न खोज्नु निन्दनीय भएको भन्दै त्यस्तो गलत र बालहठ त्याग्नको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन् ।

संसदमा दर्ता भएको प्राईभेट विलमा गाँजा खेती गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने र बिक्री गर्न २१ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । विधेयकमा गाँजा खेतीलाई औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य खाद्य, व्यवसायीक तथा औद्योगिक प्रयोजनका लागि समेत गुणस्तरीय गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेतीलाई खुल्ला गर्न तथा यसको माध्यमबाट कृषकको आर्थिकस्तर बढाउने उद्देश्यले नियमित तथा व्यवस्थित गरिने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ