arrow

नेपालका लागि भारतका राजदूत क्वात्राले राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
indian-ambassdor-credentials.jpg

काठमाडौं। नेपालका लागि भारतका २५औं राजदूत विनय मोहन क्वात्राले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष एक कार्यक्रमबीच ओहदाको प्रमाणपत्र पेश गरेका छन्। उनले राष्ट्रपति भवन शितलनिवासमा ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। पूर्वराजदूत मञ्जीव सिंह पुरीको गत डिसेम्बरमा कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन्।

क्वात्रालाई भारत सरकारले नयाँ राजदुतको रुपमा नेपालमा नियुक्त गरेको हो। उनी यसअघि फ्रान्सका लागि भारतको राजदूत भइसकेका कूटनीतिज्ञ हुन्। राजदूत क्वात्राले आजै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेटवार्ता गरेका छन्। 

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भारत बाहेक अरु दुई देशका राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा गणतन्त्र सिसेल्स र मेक्सिकोका गैरआवासीय राजदूतद्वय टमस सेल्वि पिल्ले र फेडेरिको सालास लोट्फीले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ