arrow

टिपर आतंक : मोटरसाइकलको पछाडि बसेकी श्रीमतीको मृत्यु, श्रीमान अस्पतालमा

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
tiper1.jpg

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेका छन् । मोटरसाइकल चालक ६२ वर्र्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । चालक श्रेष्ठको मधु श्रीमती हुन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ