arrow

राष्ट्रिय जनगणना २०७८ : आफ्ना मान्छे नियुक्ति नगर्न माग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
gadana.jpg

धनुषा । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक संकलनलाई विश्वसनीय बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । वक्ताहरुले राष्ट्रिय जनगणना २०७८ मा  आफ्ना मान्छे नियुक्ति नगर्न माग गरेका छन् ।

शुक्रबार जनकपुरमा  राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा सञ्चार तथा प्रचार प्रसारका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सत्य तथ्य र सही तथ्यांकले देशको नीति तथा योजना निर्माण र कार्यान्वयनमा सहयोग पुर्याउने हुँदा सहि तथ्यांक संकलन हुनुपर्नेमा जोड दिए।

अन्तरक्रियामा विभागका निर्देशक ढुण्डीराज लामिछानेले केन्द्रिय तथ्यांक विभागले आगामी २०७८ सालको जेठ २५ गतेदेखि र असार ८ गतेसम्म १२ औं जनगणना गर्न लागेको र संघीय संरचनामा सामुदायिक प्रश्नावलीको प्रयोग गरी सम्पूर्ण घरधूरीहरुको प्रयोजनसहित गणना गर्न लागिएको जानकारी दिएका थिए ।

१२ औँ जनगणनालाई प्रविधिको प्रयोग गरेर स्थानीय तह अनुसारको नतिजा प्रकाशन गर्ने र तथ्यांक संकलनको विधि, प्रक्रिया र समावेशिताको विविध पक्षमा सञ्चारजतले निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताए । निर्देशक लामिछानेले  ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा सहभागी हुन सबैलाई आह्वान समेत गरेका छ्न  ।

अन्तरक्रिया कार्यक्रममा   धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले विश्वसनीय तथ्यांक संकलनका लागि ६ महिना अगावै गणकहरुको पहिचान हुनुपर्ने र उनीहरुका लागि तालिमको व्यवस्थापन गर्नुपर्ने बताए । प्रमुख जिल्ला कणेलले  भने,‘प्रत्येक स्थानीय तहमा वडाअध्यक्ष र वडा सदस्यको रोहवरमा भाषाको सवालमा सहि तथ्यांक संकलन गर्नु आवश्यक छ ।’ झुठो विवरण लेख्ने र लेखाउनेहरुलाई कारवाही हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले भने कुनै राजनीतिक दलको सिफारिस वा सोर्स फोरस मा गणक नियुक्त नहुनुपर्ने बताए । मिश्रले  भने,‘गणकहरु फेयर हुनुपर्छ नत्र गलत तथ्यांक आउन सक्छ ।

गणनामा ४३ हजार गणक र ९ हजार गणना सुपरिवेक्षक सहित ५२ हजार जनशक्ति परिचालन हुने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिएका हुन् ।कार्यक्रम केन्द्रिय तथ्यांक विभाग र तथ्यांक कार्यालय धनुषाको आयोजना एवं नेपाल पत्रकार महासंघ धनुषाको सहकार्यमा भएको थियोे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ