arrow

तत्कालीन फोरमका एघार सदस्य कांग्रेस कार्यसमितिमा मनोनयन

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
deuba24.jpg

काठमाडौं‌ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य मनोनयन गरेका छन् ।

नेपाली कांग्रेस पार्टीमा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि विजयकुमार गच्छदारसँग गरिएको सहमती अनुसार सभापति शेरबहादुर देउवाले  तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सदस्यलाई मनोनयन गरेका हुन् । चुनाव अघि विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेसमा बिलय गराएका थिए ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानुन बमोजिम एकिकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

मनोनयन भएका सदस्यमा रामजनम चौधरी (कैलाली), मो. नसिर सिद्धिकी (सिराहा),भारतेन्दुकुमार मल्लीक (झापा), हेमराज तातेड (सप्तरी), डा. श्री गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया),योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी), पवनकुमार सारडा (मोरङ्ग) रहेका छन् ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयले मनोनयनको  सिफारिस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ