arrow

बैतडीका लेकाली क्षेत्रमा हिमपात

logo
रासस,
प्रकाशित २०७६ फागुन २४ शनिबार
bajang-snow.jpg

बैतडी। लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । 

यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका–८ खोड्पेका मोहनसिंह ऐरले बताउनुभयो । लगातारको वर्षा र हिमपातले चिसो बढेको उहाँले बताउनुभयो । यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास–९ चौखामकी लक्ष्मीचन्द शाहले जानकारी दिनुभयो । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको उहाँले बताउनुभयो । 

चिसोको समयमा स्वासप्रस्वास र निमोनियाजस्ता रोग लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीले बताएका छन् । यो वर्ष हिमपात र वर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमा समेत असर परेको छ । बेँसी क्षेत्रमा वर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानले बताएका छन् । लगातारको वर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ