arrow

क्रिकेट ब्याटको निहुँमा महिलामाथि एसिड प्रहार

logo
रासस,
प्रकाशित २०७६ फागुन २५ आइतबार
Acid-pic.jpeg

कपिलवस्तु। महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि एसिड प्रहार गरिएको छ ।  एसिड प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

महिलाको निधार र शरीरमा एसिड लागेको छ । एसिड आक्रमणपछि घाइते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले एसिड प्रहार गरेको बताइएको छ ।

वरईले क्रिकेट ब्याट भाँचेपछि ब्याटको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाव फालेका थिए । वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । प्रहरीले वरईको पसलबाट पाँच लिटर एसिडसमेत बरामद गरेको छ ।  एसिड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ