arrow

विदेश पठाउछु भनेर करोडौ ठग्ने पक्राउ

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
Untitled-1.png

काठमाडौं ।  अफ्रिकन देश माल्टा तथा कुवेत पठाउछु भन्दै करोडौ ठगि गरेको आरोपमा बाबुराम श्रेष्ठलाई पक्राउ गरिएको छ । प्रहरीले विभिन्न व्यक्तिहरुलाई माल्टा  तथा कुवेत पठाउछु भनि  २ करोड ५० लाख भन्दा वढी ठगी गरेको आरोपमा बाबुराम श्रेष्ठलाई पक्राउ गरेको हो ।

अर्घखाची छत्रदेव भगवति घर भई हाल काठमाडौको सुन्धारा वस्ने वर्ष ३८ का बाबुराम श्रेष्ठलाई विशेष सुचनाको आधारमा शुक्रबार  नेपालगंजवाट पक्राउ गरी काठमाडौमा ल्याईएको महानगरीय प्रहरी प्रभाग काठमाडौंका  प्रवक्ता प्रनाउ होविन्द्र वोगटीले बताए ।   पिडितहरुको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौ परे पश्चात अदालतवाट पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको हो ।

बाबुराम श्रेष्ठले काठमाडौ  स्थित सिटिसी महलमा एक अफिस संचालन गरी २६ जना व्यक्तिहरुलाई माल्टा पठाउछु  भनि प्रति व्यक्ति १० लाख लाग्छ र प्रति महिना १२ सय युरो कमाई हुन्छ भनि प्रलोभन देखाई २६ जना व्यक्तिसंग ६-६ लाख उठाएकाका थिए ।

उनले  ३४ जना व्यक्तिहरुलाई कुवेत पठाउछु भनि प्रति व्यक्ति ६ लाख लाग्छ र प्रति महिना २२ सय दिराम कमाई हुन्छ भनि प्रलोभन देखाई ३४ जना व्यक्तिसंग  ३-३ लाख उठाए ।

रकम उठाई सकेपछि बाबुराम सम्पर्कमा नआई  पिडितहरुलाई आज भोली काम हुन्छ भन्दै लुकिछिपी हिडेका थिए । बाबुरामको अफिस खान तलासी गर्दा विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिहरुको राहदानी समेत नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रवक्ता वोगटीले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ