arrow

पटकपटक नारी दिवस नमनाउन रेखा थापाको आग्रह

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
rekha_thapa.jpg

काठमाडौं । चर्चित नायिका तथा राप्रपा (संयुक्त) की सह-महामन्त्री रेखा थापाले महिलाहरु आफ्नो अधिकारकोलागि आफैं लड्नुपर्ने बताएकी छन् । उनले भनिन्,‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन्, अझैपनि नारीहरु उत्पीडन, दुःख र अन्यायमा छन् ।

हामीले उनीहरुले यो दिवस सेलिव्रेशन नै गर्दैनन् ।’ अधिकार र अवसर कानूनमा पाएपनि अझैपनि व्यवहारमा त्यो लागु नभएको उनको गुनासो छ । महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उनले आफ्नो तर्क गरिन् ।  ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धीका नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताईन् ।

 उनले भनिन्,‘महिला भनेको श्रृंगारको वस्तु होईन, हामी पनि वस्तु बन्न लालायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिईन्छ । म भन्छु अब महिला बन्नको लागि होईन, आत्मनिर्भर बन्नुपर्छ । हामी सह–अस्तित्वमा बाँच्ने कोशिस गरौं ।’ उनले अहिलेपनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर गरिन् ।

उनले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताईन् । उनले भनिन्,‘हामी भोट नहालौं न । हामी सधैंभरि दमित भएर नबसौं । च्यालेन्ज गरौं ।’ उनले नारीको मन कमजोर बनाउनुपर्ने अवस्था नरहेको जिकिर गरिन् । उनले नारीभन्दा पनि मान्छे हौं भन्ने अनुभुति हुनुपर्ने पनि बताईन् । उनले आजैबाट पटक–पटक नारी दिवस नमनाउन र छोरी भएर बाँच्नुपर्ने डर अन्त्य गर्नसमेत आग्रह गरिन् । ‘आफ्नो क्षमताको विकास गरौं, आफैं लड्नु्पर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ