arrow

कोरोना सचेतनामा नेविसंघ, बाड्यो एक हजार मास्क

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
valley-college-nsu.jpg

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्याली इन्जिनियरिङ कलेजका सभापति विवेक बस्नेतको नेतृत्वमा आइतबार बिहान एक हजार मास्क वितरण गरिएको छ।

कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि काठमाडौंको बानेश्वरका यात्रीहरुलाई एक हजार मास्क वितरण गरेको हो। क्याम्पसले सुरु गरेको निशुल्क मास्क वितरण कार्यक्रम नेविसंघले देशभर संचालन गर्ने विद्यार्थी नेता अनुराग शाहले जानकारी दिए।

मास्क वितरण कार्यक्रमको उद्घाटन नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवरले गरेकी थिइन।  कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा, संघका निवर्तमान केन्द्रिय सदस्य संजिव खड्का संघका नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमल्सिना लगाएतका नेताहरूले मास्क वितरण गरेका थिए।

कार्यक्रममा नेपाल विद्यार्थी संघका सबै नेताहरूले अन्य देशका जनता बिरामी पर्दा अस्पताल जाने गरेको तर नेपालका जनता बिरामी पर्दा उल्टै अस्पतालबाट भाग्ने गरेको भन्दै अस्पतालमा सुरक्षाको अनुभूति गराउन सरकारसँग माग गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ