arrow

कोरोना : हात नमिलाइ नमस्कार गर्न तरुण दलको अपिल

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
Tarun-Dal.jpg

काठमाडौं । छिमेकी मुलुक चीनबाट सुरु भएर विश्वका विभिन्न मुलुकमा महामारीका रुपमा फैलिरहेको नोभल कोरोना भाइरसबाट विश्व समुदाय आक्रात्न छ । यसै सन्दर्भमा विश्व स्वास्थ संगठनले नेपाल पनि यसको उच्च जोखिम रहेको सुचना जारी गरि सकेको छ । यस्तो गम्भीर परिस्थितिमा सतर्कता अपनाउन साथै सन्त्रास न्युनिकरणका लागि नेपाल तरुण दलले नेपाल सरकार र सम्बन्धित निकाय संचार माध्यम देश र बिदेसमा रेहेका सम्पुण नेपालीलाई अपिल गरेको छ ।

नेपाल तरुणदलका अध्यक्ष जितजंग बस्नेतद्वारा जारी अपिलमा एक अर्कासंग भेट हुदा ,हार्दिकता साटासाट गर्दा हात नमिलाइ नमस्कार भनेर सम्बोधन गर्न आग्रह गरिएको छ । विद्यालय विश्वविद्यालय जस्ता समुहमा बसेर अध्यन अध्यापन हुने ठाउमा बिशेष साबधानी अपनाउन अनुरोध छ ।

समाजिक संजाल लगायत विभिन्न माध्यमबाट कोरोना भाइरस सर्ने र निको हुने सम्बन्धि अनेकन त्रास र अपबाह फैलाइएका छन त्यसैले सामाजिक संजाल र अन्य सुचनाका माध्यमबाट सुचना प्रवाह गर्दा आधिकारिक मध्यामबाट जारी गरिएका सुचना मात्र सम्प्रेषण गरि सचेतना फैलाउन नेपाल तरुण दल अमा नागरिकमा अनुरोध छ । दैनिक उपभोग्य बस्तु, खाद्यान्न ,ग्यास ,माक्स, औषधि लगायत अन्य कुरामा अभाव र कालोबजारी देखिन थालेको छ यो कुरामा सरकार र सम्बन्धित अन्य निकयलाइ गम्भीर हुन ध्यानाकर्षण दलले गराएको छ ।

बजारमा देखिएको कालोबजारी र कृतृम अभाब निगरानी गर्न नेपाल तरुण दल केन्द्रीय समिती तरुण दलका सम्पुर्ण सदस्यलाई निर्देशन दिएको छ । एक अर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाइले होलि पर्बमा बिगतका बर्ष जस्तो ठुला भिडभाड हुने र सांगीतिक कार्यक्रम यो बर्ष आयोजना नगर्न नगराउन विभिन्न तहका तरुण दलका समितीहरुलाइ अनुरोध गरेको छ ।

अध्यक्ष जितजंग बस्नेतले भने,' सिमा नाका र अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरि बाहिरी मुलुकबाट आउने व्याक्तिहरुको स्वास्थ परिक्षणमा बिशेष संबेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छौ । बिपत र महामारी पुर्बजानकारी गराएर आउदैन तर पुर्ब तयारी भने अबश्य गर्न सकिन्छ तेसैले सम्भाबित जोखिम र खतरालाई न्युनिकरण गर्न अस्पतालमा आबश्यक उपकरण सहितको छुट्टै उपचार केन्द्र र थप सुरक्षीत क्वारेन्टाइन ब्यबस्था गर्न सरकार संग आग्रह गर्दछौ ।'

नेपाल तरुण दलको विभिन्न जिम्मेवारी निर्बाह गरिराख्नु देशभरिका सम्पुर्ण तरुण हरुलाइ नोभेल कोरोना भाइरस बारे आम मानिस र समाजमा देखिएको त्रासलाइ न्यूनीकरण गर्न सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउने कार्य गर्न निर्देशन दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ