arrow

स्याङ्जामा मास्कको अभाव, कालोबजारी देखिएन

कोरोना सम्वन्धि सचेतना र अनुगमन अनुगमन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ फागुन २६ सोमबार
syanjga-mask.jpg

श्रीकृष्ण सिग्देल, स्याङ्जा । कोरोना भाईरसका कारण औषधी पसलमा कालोबजारी बढेको खबरहरु आउन थालेपनि स्याङ्जामा पनि अनुगमन थालिएको छ । हरेक स्थानीयतहका स्वास्थ्य शाखाहरुलाई जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले चनाखो रहन र चासो राख्न निर्देशन दिए अनुसार औषधी पसलहरुमा अनुगमन थालिएको हो । सोमवार वालिङ नगरपालिकाले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्था सगै औषधी पसलहरुमा अनुगमन सगै सचेतना गराइएको छ ।

 वालिङ नगरका नगरप्रमुख दिलिपप्रताप खाँणको नेतृत्वमा खटिएको टोलीले औषधी पसलमा औषधीको अभाव, मास्कको अवस्था लगायतका बारेमा अनुगमन र सचेतना गराइएको थियो । कोरोना भाइरसको जोखिमबाट बच्न मास्कको प्रयोग गर्ने स्वास्थ्य संस्थाको अनुरोध सगै मास्कमा देखिएको कालोबजारी र अवस्थाको बारेमा अनुगमन थालिएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए ।

 नेपाल उच्च जोखिममा बताइएपनि आत्तिहाल्नु पर्ने अवस्था छैन तर सावधानी भने रहनु आवश्यक छ स्वास्थ्य प्रमुख पाण्डेले भने,“सबै औषधी पसलहरुलाई चेकजाच गर्न आउने बिरामीको कोरोना सगँ सम्वन्धित ३ ओटा कार्डिनल साईन छुट्टाउन आग्रह गरेका छौं ।” उच्च ज्वरो, रुघाखोकी, स्वास्सप्रस्वासमा समस्या भएका विरामी आएमा तुरुन्तै स्वास्थ्य संस्था अथवा स्वास्थ्यकर्मीलाई भेट्न सुझाव दिने भनेर सम्झाएका छौं उनले भने ।

वालिङ नगरपालिकामा मास्क लगायत अन्य औषधीमा कालोबजारी नदेखिएको र मास्कको अभाव भने रहेको पाइएको पाण्डेले बताए । ज्वरो, रुघाखोकी लागिहालेमा आत्तिहाल्नु पर्ने अवस्था छैन पाण्डेले भने,“मौसम परिवर्तनका समस्या हुनसक्छन् ।” कोरोनाको ख्याल गर्दै नगरस्तरीय सबै स्वास्थ्य चौकीलाई तयारी अवस्थामा राखेका छौं उनले भने ।

वालिङ नगरपालिका भित्र रहेका सबै स्वास्थ्यकर्मीहरुलाई जनताको स्वास्थ्यमा खेलवाड नगर्न वालिङ नगर प्रमुख तथा विपद व्यवस्थापन समितिका संयोजक खाँणले आग्रह गरेका छन् । वालिङ भित्र रहेका स्वास्थय चौकी होस वा औषधी पसलमा चेकजाँच गर्न आउने विरामीको ठेगाना र फोन नम्वर राखेर त्यसको डाटा नगर शाखाले संकलन गर्न प्रमुख खाँणले शाखा प्रमुखलाई निर्देशन दिएका छन् ।

 अनुगमनमा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, इलाका प्रशासन वालिङका प्रमुख दामोदर शर्मा, वडा प्रहरी कार्यालयका प्रमुख निरन्जन घिमिरे लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । अबैध ओसापसार बाट पनि विभिन्न खालका रोगहरु भित्रने भएकाले सबै ठाँउमा चेकजाँचलाई कडाई गरिएको वडा प्रहरी कार्यालयका प्रमुख घिमिरेले बताए । सबैको सुरक्षामा प्रहरी सदैव साथमा छ प्रहरी निरिक्षक घिमिरेले भने,“कुनै स्वास्थ्यमा अफठ्यारो वा कुनै अबैध धन्दा गरेको थाहा पाएमा तुरुन्त खबर गर्नुहोला ।”

 यस्तो विपतमा कसैले कालोबजारी नगर्न र गरेको थाहा हुन आएमा कानुनी दायरमा ल्याउने छौं उनले भने । औषधी पसल संचालकहरुले भने मास्कनै नपाइएको बताएका छन् । ११ स्थानीयतह मध्ये सोमवारबाट वालिङले अनुगमन र सचेतनाको अभियान सुरु गरेको छ भने अन्य स्थानीयतहले पनि तयारी थालेको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ