arrow

३२ दिनपछि विश्वकै होचा डाँगीको अन्त्यष्टि

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
763745440.jpeg
शरद रेग्मी, दाङ । विश्वकै होचा मान्छे चन्द्रबहादुर डाँगीको ३२ दिनपछि उनकै जन्मथलोमा अन्त्यष्टि गरिएको छ । सल्यान कालिमाटी, टाट्कीका सारदा नदीमा बुधबार उनको अन्त्यष्टि गरिएको हो ।

विश्वभ्रमणका क्रममा बिरामी परेपछि अमेरिकी टापु सामुआस्थित एक अस्पतालमा भर्ना गरिएका उनको गत भदौ १८ गते मृत्यु भएको थियो । त्यसको ३२ दिनपछि उनको अब आफ्नै जन्मथलोमा ल्याइपु¥याइएको हो ।

मंगलबार सरकारले पनि उनलाई राधजानीमा राष्ट्रिय सम्मानका साथ झन्डा ओढाएर सम्मान गरेको थियो । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारका तर्फबाट ओढाएको झन्डासहितको उनको अब अन्त्यष्टिको लागि घाटमा पु¥याइएको थियो ।

२०६८ सालमा विश्वकै होचा मान्छेको रुपमा गिनिज बुकमा नाम लेखाएका उनी दाङको पुरन्धारा ९ रिमखोलीमा बस्दै आएका थिए । तर, उनको जन्मथलो सल्यान कालिमाटी भएका कारण उनको अन्त्यष्टि पनि सोही ठाउँमा गरिएको थियो ।

बुधबार बिहानैदेखि गाउँमा उनका छिमेकी तथा साथी भाईहरु उनको मलामीका लागि कुरिरहेका थिए । सानैमा बाबुआमा बितेपछि उनलाई हुर्काएकी उनकी भाउजु पनि त्यहीँ पुगेकी थिइन् । जिउँदो हुँदा विश्वमा नेपालको नाम चिनाएपनि उनको अन्त्यष्टिमा राज्यका तर्फबाट कोही पनि नआएपछि छिमेकी भने आक्रोशित भएका थिए । ‘बाँच्दासम्म देशको नाम संसारभरि फैलाए मरेपछि सबैले हेला गरे मरेपछि पनि एक महिनासम्म लाशै ल्याइदिएनन्’ स्थानीय गोपाल बुढाले भने । सबैजसो गाउँले उनको मलामी गएका थिए ।

बालबालिकादेखि बृद्ध, महिला सबै उनको अन्त्यष्टिमा घाटसम्मै लामवद्ध थिए । गत बैशाखमा उनलाई अमेरिकाको एउटा सर्कसले उनलाई अमेरिका पु¥याएको
थियो । तर, अस्पतालमा उनको मृत्यु भएपछि अस्पताल खर्च र उनको भतिजा दोलखबहादुरको भीसा प्रक्रिया नमिल्दा उनको शब एक महिनासम्म अमेरिकामै अलपत्र थियो । त्यहाँका नेपालीहरुको पहलमा केही पैसा सर्कसले दिएपछि उनको अब नेपाल आइपुगेको हो ।

त्यहीँ पुगेर नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, सल्लाहकार सविन प्रियाशन, रिपोर्टस क्लबका अध्यक्ष शरद रेग्मीलगायतको पत्रकारको टोलीले पनि राष्ट्रिय झन्डा ओढाएर चन्द्रबहादुरलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

संसारकै होचो मानिस९१।९ फिट, ५४।६ सेमी०को रुपमा गिनिज वल्र्ड रेकर्डमा ३ वर्षअघि नाम लेखाएका उनी ७६ वर्षका थिए । डाँगी दाङ पुरन्धारा गाविस ९ रिमखोली निवासी हुन् । यो जिल्लाकै बिकट गाउँ हो । २०६८ सालमा गिनिज बुकमा नाम लेखाएपछि पनि उनले आफ्नो इच्छा ‘संसार घुम्ने’ भएको बताएका थिए । र, जीवनको अन्तिम प्रहरमा पनि उनी अमेरिका नै पुगे । सर्कसमा आफ्ना सहयोगी भतिजा दोलखबहादुरसँगै अनुबन्धित भएका उनको त्यहीँ निधन भएको थियो । ‘तर अन्तिम बेलामा मलाई जन्मेकै ठाउँमा लगेर जलाउनु भन्नुभएको थियो’ उनका भतिजा दोलखले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ