कोरोना : धनकुटालाई चार महिनासम्म पुग्ने स्टक सामाग्री
प्रकाशित २०७६ फागुन २७ मंगलबार
521
Shares
धनकुटा । धनकुटा जिल्लावासीहरुलाई चार महिना सम्म पुग्ने दैनिक उपभोग्य सामाग्रीहरु स्टक (मौज्दात) रहेकाले संमयित हुन सवैमा धनकुटा उद्योग बाणिज्य संघले मंगलबार अपिल गरेको छ ।
कोरोना भाईरसको त्रासका कारण खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीहरुको संकट हुने सक्ने हल्लाले धनकुटा जिल्लामा समेत उभोक्ताहरु त्रसित भएकाले धनकुटा जिल्लावासीहरुलाई ४ महिना सम्म पुग्ने खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु तथा समाग्रीहरु स्टक(मौज्दात) भएकोले सम्पूर्ण उपभोक्ता तथा ग्राहकहरुलाई नआति ढुक्न संग रहन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले मंगलबार विज्ञप्ती प्रकाशित गरी आग्रह गरेका छन् ।
कृतिम अभाव सिर्जना गर्ने मुल्य बृद्धी गर्ने कार्य दण्डनीय कार्य भएकाले यस प्रकारका कार्यहरु नर्गन र नगराउन सवैमा अनुरोध गर्दै निर्वाद रुपमा सस्तो र सुलव दरमा दैनिक उपभोग्य समाग्रीहरु तथा वस्तुहरु स्टक नगरी उपलब्ध गराउन समेत धनकुटाका सम्पूर्ण व्यापारी,उद्योगी,व्यावसायीहरुमा धनकुटा उद्योग बाणिज्यसंले अपिल गरेको हो ।
मुलुकमा कोरोना भाईरसबाट आउने सक्ने खतरालाई सामना गर्न कुनै एक व्यक्ति वा सरकारको पहलबाट मात्र संभव नहुने भएकाले आव समुदायनै अभियानको रुपमानै कोरोना भईरको संक्रमण हुन नदिन लाग्नु पर्ने भएकोले संमय अपनाई सचेतनामा लाग्नका लागी धनकुटाका उद्योगी व्यावसायी र व्यापारीहरुलाई अनुरोध समेत विज्ञप्ती मार्फत धनकुटा उद्योग बाणिज्य संघले गरेको छ ।
हाम्रो जस्तो गरिव तथा साधन स्रोत कम भएको मुलुकमा कोरोना भाईसको सक्रमण फैलियो भने धान्न नसक्ने र भयाभ स्थिति सिर्जना हुन सक्ने भएकोले चिकत्सकको सल्लाह अनुसार बेलामानै कोरोना भाईरसबाट बच्नका लागी सावधानी अपनाउदै जिल्लामा कुनै पनि सभा सम्मेलन,अन्र्तक्रिा ,गोष्ठी तथा ठूला ठूला बैठक लगायत धेरै मानिसहरुको भीड भाड हुने कार्यक्रमहरु समेत नगरी सचेत भै कोरोना भाईरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती मार्फत सवैमा अपिल गरेको छ ।