arrow

कांग्रेस राष्ट्रिय सभाको नेतामा अधिकारी

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
radhesyam_adhikari.jpg

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी मनोनयन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले रिक्त रहेको राष्ट्रिय सभा संसदीय दलको नेतामा राष्ट्रिय सभा सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्।

संसदीय दलका नेता समेत रहेका देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्यमा अधिकारीलाई मनोनयन गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ