शहिद लालध्वकी श्रीमति अमृताको निधन, कांग्रेसद्वारा समवेदना प्रकट

प्रकाशित मिति : २०७६ फाल्गुण २८ बुधबार

काठमाडौं । शहिद लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको निधनमा नेपाली कांग्रेस संघीय संसद, संसदीय दलको कार्यालयले समवेदना प्रकट गरेको छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले आब्हान गरेको सशस्त्र क्रान्तिको क्रममा वि.सं. २०१८ सालमा तनहुँ जिल्लाको कोत्रेमा शहिद भएका लालध्वज गुरुङकी ९३ बर्षीय धर्मपत्नी अमृता गुरुङको मंगलबार निधन भएको थियो । चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ स्थित आफ्नै निवासमा गुरुङको निधन भएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'   तत्कालीन पञ्चायती सरकारको ज्यादतिको बाबजुद, कठिन भन्दा कठिन परिस्थितिमा पनि प्रजातन्त्र र लोकतन्त्र प्रति निरन्तर बिचलित नभई नेपाली कांग्रेस र आफ्ना सन्ततीहरुलाई सदैव क्रियाशिल रहन प्रेरित गर्दै आउनु भएकी सहसिक आमाको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको छ । उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथै दुःखको यस घडीमा प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।'

 

नयाँ