arrow

'दुधे बालक च्यापेकी महिलालाई पिट्ने इन्स्पेक्टरको कारबाही कहाँ पुग्यो ?'

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
hema-shrestha-police.png

काठमाडौँ । प्रतिनिधिसभा संसदमा दुधे बालक च्यापेकी हेमा श्रेष्ठलाई पिट्ने इन्स्पेक्टर देवीप्रसाद पौडेलको कारबाही सम्बन्धमा जानकारी गराउन सांसदले माग गरेका छन् ।  

प्रतिनिधिसभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै  सांसद मिना सुब्बाले भनिन्,' नेपाल प्रहरीका एक जना अधिकारीले केही समयअघि काखीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेका थिए ।  यस्ता घट्नामा भईरहेको छानविन र दोषीलाई भईरहेको कारवाहीका बारेमा सांसदमा जानकारी गराइयोस ।'

हेमामाथि लाठी प्रहार गर्ने प्रहरी निरिक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेल विभागीय कारबाहीमा छन् । प्रारम्भिक छानबिनमा गल्ती देखिएपछि प्रहरी परिसर ललितपुर  तानिएका इन्स्पेक्टर पौडेल विभागीय कारबाहीमा परेका थिए । उनले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
 
प्रहरी प्रधान कार्यालयबाट निर्देशनपछि ललितपुर प्रहरी परिसरले छानविन शुरु गरेको थियो । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो । सोहि समितिले प्रहरी नियमावली बमोजिम कारबाही सिफारिस गरेको थियो  ।

हेम खत्रीको घरमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर पौडेल महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट प्रहरी परिसर ललितपुर तानिएका थिए ।

हेमालाई गत साता भैसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको निवासमा प्रहरीले निर्मम कुटपिट गरेको थियो । माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धोका दिएको दावी गर्दै खत्रीको घर घेर्न केही अधिकारवादीलाई लिएर पुगेकी थिइन् ।

जसमा दुधे बालक च्यापेर हेमा पनि पुगेकी थिइन् । घरबाट महिलाहरुलाई निकाल्नेक्रममा इन्स्पेक्टर पौडेलले बालक च्यापिरहेकी हेमालाई लखेटी लखेटी पिटेका थिए। भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर महिलामाथि हातपातमा उत्रिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ