arrow

पोलो र फुटबलमा खटाइएका हात्तीलाई ३० मिनेटसम्म कुटियो (भिडियो)

हात्तीहरुमाथि कुटपिटपछि चितवन महोत्सवका प्रायोजक पछि हटे

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
elephant3.jpg

सौराहा, चितवन । चितवन हात्ती महोत्सवमा एउटा प्रशिक्षकले हात्तीलाई कुटेको भिडियो पाएसँगै भारतको शीर्ष ट्राभल एजेन्सीहरूमध्ये एक ‘वीना वर्ल्ड’ले  महोत्सवसँगको आफ्नो सम्बद्धता हटाउने निर्णय गरेको छ। हालै आयोजित चितवन हात्ती महोत्सवमा प्रशिक्षकले हात्तीलाई ३० मिनेटमा २३ पटक कुटेको नयाँ भिडियो पिपल अफ द इथिकल ट्रिटमेन्ट अफ एनिमल  (पेटा)ले सार्वजनीक गरेको थियो ।

महोत्सवमा हुने कूरता बारे थाहापाएसँगै अहिलेसम्म वीना वर्ल्ड लगायत एक दर्जनभन्दा बढी कम्पनीले चितवन हात्ती महोत्सवसँगको सम्बद्धता तोडिसकेका छन् । गत वर्षदेखि रेडिसन र हायातले महोत्सवलाई समर्थन गर्न छाडेका थिए  ।

भिडियोमा हेन्डलरहरू (हात्तीका प्रशिक्षक)ले बारम्बार हात्तीलाई बुलहूक (एक छेउमा धारिलो धातुको हूक भएको हतियार), लट्ठी, र काठका चक्कुहरूले हात्तीहरुको टाउको र संवेदनशील कानमा कुटेको र हिर्काएको देखिन्छ। महोत्सवमा प्रत्येक बर्ग हत्तिमाथि दुर्व्यवहार हुदै आएको छ । यस वर्षको कार्यक्रमको भिडियो  र गत वर्षको कार्यक्रमको भिडियो फुटेज दुबैमा उस्तै दुर्व्यवहार देख्न पाइन्छ।

यसरी उनीहरूलाई दौडमा भाग लिन, सवारी दिन, र फुटबल र पोलो ‘खेल्न’ बाध्य पारिन्छ । यसपालि एउटा हात्तीलाई लगभग एक मिनेट जति लगातार कुटपिट गरिएको थियो र धेरै हात्तीहरूको टाउको र कान वरिपरि रगतले लथपथ गहिरा र घाऊहरु थिए। चाडपर्वमा प्रदर्शन गर्न बाध्य नहुँदा यी हात्तीहरू चितवन आउने पर्यटकहरूको सवारीका रूपमा प्रयोग गरिन्छन्।

पेटाका वरिष्ठ उपाध्यक्ष जेसन बेकर भन्छन्, "(पेटा)का भिडियोहरूले बारम्बार पोलो र फुटबल खेलहरूमा भाग लिने हात्तीहरू माथि हुने क्रूर र हिंसात्मक व्यवहारको पर्दाफास गरेका छन्। यस खेललाई सरकारी समर्थन दिलाउनेहरुले पनि नैतिकताको पाठ लिन आवश्यक देख्छु । अब उनीहरूले यो लज्जास्पद हात्ती महोत्सव बन्द गर्नुपर्छ।”

 पेटाले  "पशुपंक्षी हाम्रो मनोरन्जनका साधन होइनन्” भन्ने सिद्धान्तलाई आत्मसाथ गरेको छ।

भिडियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ