arrow

मौसम : साँझापख पानी पर्ने सम्भावना

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
weather.jpg

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहिबार देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले साँझापख पश्चिमी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जुवासीले बताइन् । उक्त प्रणालीको प्रभाव बिहिबार पश्चिमी भूभागमा मात्र रहने बताइएको छ । “पश्चिमी वायु भोलिबाट पूर्वी र मध्य पहाडी भूभागमा समेत सक्रिय हुनेछ”, उनले भनिन्।

हाल देशका केही पश्चिमी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । राति देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागकालगायत मध्यका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना, र हावाहुरीसहित वर्षाको सम्भावना औँल्याइएको छ । शनिबार देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भूभागका एक-दुई स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव चार डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै बिहिबार सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम २९ दशमलव एक डिग्री र सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ