arrow

प्रमको सम्बोधन साँझ ६ बजे

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2113662167.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । तिहार अगावै सम्बोधन गर्ने बताइए पनि प्राविधिक कारणले रोकिएको सम्बोधन सञ्चारमाध्यम मार्फत साँझ ६ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 

नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रक्रिया नियमित जस्तै छ । संविधानको जारी भएपछि सरकारको सोच, तराई–मधेसमा देखिएको समस्या, सो समस्या समाधानमा हालसम्म भए गरेका प्रयत्न, सरकारको भावी कार्यक्रम लगायत विषय सम्बोधनमा समावेश गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ