घुससहित अदालतका पूर्व अधिकृतबाट दोभासे बनेका चौधरी प्रकाउ
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ फागुन २९ बिहिबार
1.3k
Shares
कपिलवस्तु । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले कपिलवस्तु जिलला अदालतका दोभासे कर्मचारी विश्वनाथ चौधरी कुर्मीलाई दुई लाख रकमसहित प्रकाउ गरेको छ । जिल्ला अदालतका पूर्व शाखा अधिकृत तथा अदालतमा हाल दोभासे कर्मचारीका रुपमा कार्यरत विश्वनाथ चौधरीलाई २ लाख रकम सहित रगे हात प्रकाउ गरेको हो ।
निजलाई कपिलवस्तुको तौलिहवा स्थित गौढीचोकबाट प्रकाउ गरिएको छ सेवाग्राहीसग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका दोभासे विश्वनाथ कुर्मी चौधरीलाई रंगेहात नगदसहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए ।
सेवाग्रहीबाट कर्मचारीले घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । करिब ५ बजे कार्यालय समय पश्चात कपिलबस्तुको गौढीचौकमा रहेको माहामाया अफसेट प्रेसबाट चौधरीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
उनलाई थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ । र्चौधरी यही कार्तिकबाट शाखा अधिकृतबाट सेवा निबृत भएको र कार्यालयले दोभासेको रुपमा काम गर्दै आएका थिए ।