arrow

गोली हानी हत्याको १४ बर्षपछि बाबु छोरा पक्राउ

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
gunfire.jpg

सप्तरी । चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा बिहिबार पक्राउ परेका छन् ।

 सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

आरोपितले विसं २०६२ असोज १७ गते गोली हानी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उनीहरुविरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो ।

 घटनालगत्तै फरार रहेका सुकदेव यादवको परिवार सुनसरीको इनरुवा नगरपालिका–९ बबिया गई बसोबास गर्न थालेका थिए ।

 प्रहरीका अनुसार उनीहरुलाई सुनसरीको इनरुवा–९ स्थित घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका आरोपितलाई बिहिबार साँझ सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ