arrow

भारत भ्रमणमा जाने नेपालीलाई कोरोनाका कारण रोकतोक नगर्ने

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
india-flag.jpeg

काठमाडौं। नेपालबाट स्थल तथा हवाई मार्ग हुँदै भारत भ्रमण गर्ने नेपालीहरुलाई कोरोनाका कारण यात्रामा कुनै रोकतोक नगर्ने भारतले जनाएको छ। भारतले एक विज्ञप्ती जारी गर्दै भारतीय तथा अन्य बिदेशीहरुलाई भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको रिभाइभ ट्राभल्स एडभाइजरी र अध्यागमन बिभागले जारी गरेको निर्देशनले असर नगर्ने प्रष्ट पारेको हो।

नेपालस्थित भारतीय राजदुतावासबाट जारी गरेको बिज्ञप्तिमा भारतीय तथा विदेशी नागरिकको यात्रा तथा आवतजावतमा न्यूनतम असुविधा कायम गरी उनीहरुको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्नु नै सो स्वास्थ्य सुरक्षा कदमको मुख्य अभिप्राय भएको बताइएको छ।

स्वास्थ्य सुरक्षामा अपनाइएका उपायहरु नितान्त जनस्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित रहेको उल्लेख गर्दै हाललाई यी उपायहरुले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर नगर्ने बिज्ञप्तीमा जनाइएको छ। 

बिज्ञप्तिमा नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव नपार्ने बताइएको छ। तर सबै नाकाहरुमा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाइने र भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिएमा वा कोभिड–१९ प्रभावित ७ राष्ट्रहरुमध्ये कुनै एकको हालै भ्रमण गरेको पाइएमा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिने समेत जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ