रंगेली। प्रहरीले मोरङको सुनवर्षि नगरपालिका ८ हर्चनगढीबाट गएराती कटुवा पेस्तोल सहित ३ जनालाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत अररिया जिल्ला धर्मगन्ज बस्ने २१ वर्षिय अजय कुमार मण्डल, सोही स्थान बस्ने १८ वर्षिय आनन्द कुमार मण्डल र अररिया पलासीथाना अन्र्तगत बस्ने २१ वर्षिय राकेश कुमार साह रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।
प्रहरीले उनिहरुलाई सुनवर्षि हर्चनगढी स्थित मदिरा पसलमा मादकपदार्थ सेवन गरी शंकास्पद गतिविधि गरी रहेको गोप्य सूचनाको आधारमा नल कटुवा पेस्तोल र एक थान गोली सहित पक्राउ गरेको हो। प्रहरीले उनिहरुको साथबाट एउटा अनटेस्ट मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
प्रहरी निरिक्षक दाहालका अनुसार हतियार सहित मदिरा पसलमा समुहिक रुपमा मदिरा सेवन गरेको सूचनाको आधारमा आकस्मीक अपरेशन गर्दा अजय कुमारले कम्मरमा कटुवा पेस्तोल राखेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिएको बताए। उनिहरुले कुनै घटना गर्ने योजना सहित नेपाल आएको हुन सक्ने बताउदै घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए।