arrow

बालकृष्ण शिवाकोटीलाई नेकपा दोलखा संघिय निर्वाचन क्षेत्र ईन्चार्जको जिम्मेवारी

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
balkrishna-shiwakoti.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखा जिल्ला संघिय निर्वाचन क्षेत्र ईन्चार्जको जिम्मेवारी प्रदेश सचिवालय सदस्य बालकृष्ण शिवाकोटीलाई दिएको छ। नेकपा प्रदेश संगठन कमिटीको बैठकले शिवाकोटीलाई सो जिम्मेवारी दिएको हो। दोलखामा संघ अन्तर्गत एउटा मात्रै निर्वाचन क्षेत्र छ।

प्रदेश संगठन कमिटिको हालै बसेको चौथो पुर्ण बैठकले उनलाई संघिय निर्वाचन क्षेत्र हेर्नेगरी ईन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो। दोलखा कालिञ्चोक गाउँपालिका ८ निवासि शिवाकोटी व्यवसायसँगै राजनीतिमा सक्रिय छन्। लगानी बोर्डका सदस्य समेत रहेका शिवाकोटी सफल उद्यमी हुन्।

शिवाकोटीलाई दिइएको यो जिम्मेवारीले नेकपा थप लाभान्वित हुने जिल्लाका स्थानीय नेता कार्यकर्ताको ठहर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ