काठमाडौं। नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार लैनो पाडो जस्तो भएको टिप्पणी गरेका छन्। कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषण गरि सकेको अवस्थामा सरकारले गरेको तयारी देख्दा सरकार गैरजिम्मेवार भन्दा पनि "लैनो पाडो" जस्तो देखिएको रायमाझीको टिप्पणी छ।
रायमाझीले सरकारका कुनै पनि निकाय, कुनै पनि रुपमा यो महामारीसँग लड्न तयार नदेखिएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरुलाई समेत सचेत, सतर्क र सङ्गठित गर्ने काम नभएको बताए।
आफ्नो मनसाय सरकारको आलोचना गर्नु नभएकाले नागरिको स्वास्थलाई ध्यानमा राख्दै सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यलय, उद्योग, स्कूल, कलेज, विश्वविद्यालय आजैबाट केही समयका लागि विदा घोषण गर्न सरकारलाई रायमाझीले सुझाव दिएका छन्।